तप्लेजुङमा खेलप्रसादलाई पछ्याउँदै योगेश
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ०४
प्रतिनिधिसभा निर्वाचन अन्तरगत ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले आफ्नो अग्रता कायम राखेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले पछ्याइरहेका छन् । पछिल्लो मतपरिणामअनुसार बुडाक्षेत्रीले १३ हजार ९९४ मत ल्याउँदा भट्टराईले १३ हजार ६२ मत ल्याएका छन् ।