मकवानपुर २ : बर्तौलाको अग्रता बढ्यो, पछि परे खतिवडा
बुधबार, ०७ मङ्सिर २०७९, ०८ : १८
प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा विरुद्ध २ हजार २४५ मतको अन्तर बनाएका छन् ।
एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् ।
कुल ३९ हजार ४४१ मत गणना गर्दा खतिवडाले १३ हजार ६५७ मत पाएका छन् भने एमालेका बर्तौलाले १५ हजार ९०२ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५ हजार ७७९ मत ल्याएका छन् ।