प्रदेश १ : प्रदेशसभामा २ जना कांग्रेसका उम्मेदवार र एक जना माओवादीका उम्मेदवार विजयी
बुधबार, ०७ मङ्सिर २०७९, ०९ : ०४
प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४२ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । जसमध्ये ३ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।
मोरङ ५ (१), ओखलढुंगाको १ र २ वटै प्रदेशसभा निर्वाचनको मतगणना सकिएको हो । जसमा मोरङ ५ (१) र ओखलढुंगाको १ मा कांग्रेसका उम्मेदवार क्रमशः गयानन्द मण्डल र प्रदीपकुमार सुनुवार निर्वाचित भएका हुन् । यस्तै ओखलढुंगा २ बाट माओवादीका उम्मेदवार बाबुराम गौतम निर्वाचित भएका छन् ।
हालसम्म एमालेले २० स्थानमा अग्रता लिएको छ । यस्तै कांग्रेस ११ स्थानमा, माओवादी ४ स्थानमा, नेकपा एस र राप्रपा २–२ स्थानमा अगाडि छन् ।