रुपन्देही–१ मा एमालेको अग्रता, स्वतन्त्र उम्मेदवार भुसाल दोस्रोमा
बुधबार, ०७ मङ्सिर २०७९, १० : १९
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेले अग्रता बनाएको छ । हालसम्म १७ हजार ७१७ मत गणना भएको छ ।
जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्माले ४ हजार ४१२ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले ३ हजार ४१८ मत प्राप्त गरेका छन् ।
यसअघि दोस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरी ३ हजार १५७ मतसहित तेस्रो स्थानमा पुगेका छन् ।