पर्सामा प्रहरीलाई देखेपछि चरेस कारोबारी मोटरसाइकल छाडेर फरार
बुधबार, ०७ मङ्सिर २०७९, ११ : २७
पर्साको वीरगञ्ज महानगरपालिका–३२ टेढा स्थित सडकमा प्रहरीलाई देखेपछि मोटरसाइकलमा आएका चरेश कारोबारी भागेका छन् ।
प्रहरी टोलीलाई देख्नासाथ ना.५२ प ६०५७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकल छाडी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले मोटरसाइकल सर्च गर्दा लागूऔषध चरेश २ केजी फेला पारेको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।