चितवन ३ मा राप्रपाका पाण्डेको फराकिलो अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : १४
चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डेले अग्रता फराकिलो बनाएका छन् । पाण्डेले १९ हजार ९९७ मत प्राप्त गर्दा माओवादीका उम्मेदवार भोजराज अधिकारीले ११ हजार २९५ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले ९ हजार ३१७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ६ हजार ११७ मत प्राप्त गरेका छन् ।