रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ४४
जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन् । हालसम्म ४३ हजार २५६ मत गणना भएको छ । यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो।