समानुपातिक मतपरिणाम : मकवानपुरमा पनि एमाले अगाडि, कांग्रेस पछिपछि
शुक्रबार, ०९ मङ्सिर २०७९, ०८ : ३८
देशभरको समग्र समानुपातिक मत परिणाममा अग्रता लिइरहेको नेकपा एमालेले मकवानपुर जिल्लामा पनि अग्रता नै लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार मकवानपुरमा एमालेको पक्षमा २८ हजार २९६ मत खस्दा कांग्रेसको पक्षमा २१ हजार ५११ मत खसको छ ।
त्यसैगरी माओवादी केन्द्रले १२ हजार ९९५, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार २८२, राप्रपाले ३ हजार २९ र एकीकृत समाजवादीले २ हजार ५८० मत प्राप्त गरेका छन् ।