अन्जुको गीत ‘ठ्याक्क ठ्याक्क’मा राहुल र एलिसाको रोमान्स
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ०२
गायिका अन्जु पन्त र गायक टिका बोमजमको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा रविमान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ ।
गीतको भिडियोलाई डान्सिङ नम्बरमा तयार पारिएको छ । गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राईले मोडलिङ गरेका छन् । गीतको भिडियोमा दुवैको डान्स जमेको छ ।
पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।