सुवाससँगको दुरी घटाउँदै डम्बर
शनिबार, १० मङ्सिर २०७९, ०७ : २१
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा रोचक प्रतिस्पर्धा भइरहेको छ ।
नेकपा एमालेका नेता सुवास नेम्वाङले अग्रता बनाइरहेका बेला इलाम नगरपालिका क्षेत्रभित्रको मतगणना सुरु भएसँगै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले दुरी घटाउँदै लगेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङले २६ हजार २४४ मत ल्याएका छन् भने खड्काले २५ हजार ७१० मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् । दुईजना बीचको दुरी ५३४ मत रहेको छ ।