इलाम २ : ३१६ मतले पछि परे सुवास नेम्वाङ
शनिबार, १० मङ्सिर २०७९, १२ : ३७
इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ३१६ मतले पछि परेका छन्।
सत्ता गठबन्धनको समर्थनमका कांग्रेसबाट उम्मेदवार बनेका डम्बरबहादुर खड्काले २८ हजार ७ सय ८६ मत ल्याउँदा एमाले उम्मेदवार नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा नेम्वाङ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।