हिमाल सागरको रोमान्टिक गीत ‘ए हो र माया’ सार्वजनिक
मङ्गलबार, १३ मङ्सिर २०७९, १५ : ०१
गायक हिमाल सागरद्वारा स्वरवद्ध उनको पछिल्लो गीत ‘ए हो र माया’ ले अहिले निकै चर्चा बटुलेको छ । हिमाल सागर र अनु चौधरीको स्वरमा सजिएको यस गीतले टिकटकमा पनि उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘तीन दिनमा ७ लाख भन्दा बढीले टिकटक बनाउनुभएको छ, १० लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसक्नुभएको छ, सबैलाई धन्यबाद दिन चाहन्छु,’ गायक हिमाल सागरले भने ।
मायालु जोडीबीचको प्रेमभावले सजिएको यस गीतमा विमल अधिकारी र सनिशा भट्टराईको अभिनय रहेको छ । उक्त गीतमा शब्द तथा संगीत बिमल अधिकारीको रहेको छ भने कमल सौरागले एरेन्ज गरेका छन् । म्यूजिक भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।