एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा गौशाला चोकमा दीप प्रज्ज्वलन (फोटोफिचर)
बुधबार, १४ मङ्सिर २०७९, १८ : ०२
एड्स विरुद्धको दिवसको पूर्वसन्ध्यामा माइती नेपालले दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको छ । सो संस्थाले बुधबार गौशाला चोकमा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा उपस्थित सर्वसाधारणले दीप प्रज्ज्वलन गर्नुका साथै एड्सबाट ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली समेत दिए । विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरुद्धको दिवस मनाउने गरिन्छ ।