सुनसरी ४ मा पछि परे कार्की, कुसियैतको अग्रता
बिहीबार, १५ मङ्सिर २०७९, ०६ : ४५
सुनसरी ४ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की पछि परेका छन् । नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत पाएका छन् भने कार्कीले २९ हजार ७१२ मत पाएका छन् । उनीहरुबीच ८२ मतको अन्तर देखिएको छ ।