स्याङ्जा २ मा धनराजले अग्रता बढाउँदै, कसको कति मत ?
बिहीबार, १५ मङ्सिर २०७९, ११ : ४७
स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले ५३१४ मत प्राप्त गर्दा एमालेकी सचिव तथा उम्मेदवार पद्मा अर्यालले ३९८७ मत पाएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १३८४ मत पाएका छन् ।