स्याङ्जा २ मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा
शुक्रबार, १६ मङ्सिर २०७९, १२ : ०२
स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले ११ हजार ८०५ मत पाएकी छन् । उनीहरुबीच १ हजार ४३५ को मतान्तर देखिएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६मत ल्याएका छन् ।