सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निम अवार्डको छैठौं संस्करण हुने

शुक्रबार, १६ मङ्सिर २०७९, ०८ : ००
शुक्रबार, १६ मङ्सिर २०७९

‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम)’ को  छैठौं संस्करण आयोजना हुने भएको छ । आयोजक ऐरा प्रोडक्सन प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अवार्डको बारेमा जानकारी दिएको हो ।

विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा नेपाल भित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरू ( लोक, आधुनिक, काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथिली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवार भाषाका’ सहभागिता जनाउन सक्नेछन् ।

अंग्रेजी क्यालेन्डर अनुसार २०२२ जनवरी १ देखि २०२२ डिसेम्बर ३० सम्म (१ वर्ष भित्रमा) बजारमा आएका गीत तथा भिडियोहरूलाई अवार्डमा समावेश गरिनेछ । आवेदनका लागि फारमहरु आयोजक संस्थाको कार्यालयबाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पे को अनलाइन मार्फत पनि भर्न सकिनेछ । आवेदनको अन्तिम मिति पुस २५ गते सम्म रहेको आयोजकले विज्ञप्तिमा जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप