सुजन कोइरालाको शब्द, सिडी विजय अधिकारीको स्वरमा सन्देशमुलक गीत ‘सोच बदल’ सार्वजनिक
मङ्गलबार, २० मङ्सिर २०७९, १३ : ३२
सुजन कोइरालाको शब्द र सिडी विजय अधिकारी तथा मनिषा राईको स्वर रहेको सन्देशमूलक गीत ‘सोच बदल आफ्नो सोच’ सार्वजनिक भएको छ ।
डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्टद्वारा प्रस्तुत यो गीतको सङ्गीत सिडी विजय अधिकारीले दिएका हुन् । गीतको म्युजिक भिडियोमा सिडी विजय अधिकारी। लहना चिमारिया, आभा थापा, अक्ष्मा अधिकारीको मुख्य भूमिका रहेको छ । म्युजिक भिडियोको निर्देशन सुनिल श्रेष्ठले गरेका हुन् । भिडियोमा धेरैले गीत राम्रो भएको भन्दै प्रतिक्रिया दिएका छन् ।