सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउन यसकारण दियो धम्की

बुधबार, २१ मङ्सिर २०७९, ०८ : ४५
बुधबार, २१ मङ्सिर २०७९

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ । मेटाले नयाँ कानुनप्रति आपत्ति जनाएको छ, जसले समाचार संस्थाहरूलाई फेसबुकमा सेयर गरिएको सामग्रीको लागि शुल्क लिनेसम्बन्धी विषयमा वार्ता गर्न थप शक्ति दिनेछ ।

अष्ट्रेलियामा पारित भएको यस्तै कानुनले गत वर्ष छोटो समयका लागि फेसबुकमा समाचार पोस्ट गर्न अस्थायी रुपमा निलम्बन निम्त्याएको थियो ।

तिनीहरूको प्लेटफर्मले संघर्षरत समाचार आउटलेटहरूमा बढ्दो गतिविधिलाई सहयोग गर्ने मेटाको दाबी छ । ‘फेसबुकले प्रकाशकहरुको बटम लाइनलाई फाइदा गर्ने भएकाले’ आफ्ना सामग्री फेसबुकमा राख्ने गरेको मेटाले जनाएको छ ।

पत्रकारिता प्रतिस्पर्धा र संरक्षण ऐन ९जीसीपीए० भनेर चिनिने यो विद्येयक मिनेसोटाका सिनेटर एमी क्लोबुचरले कंग्रेसमा पेस गरेका थिए र यसमा द्विपक्षीय समर्थन छ । यसले प्रकाशक र प्रसारकहरूलाई विज्ञापन राजस्वको ठूलो हिस्साको लागि सामाजिक मिडिया कम्पनीहरूसँग सामूहिक रूपमा बार्गेनिङ गर्न ठूलो शक्ति दिनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप