पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो आपतकालीन अभ्यास (फोटोफिचर)
शुक्रबार, २३ मङ्सिर २०७९, १४ : ४६
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास भएको छ । नागरिक उड्डयन कार्यालय पोखराले आज विमानस्थलमा आपतकालीन अभ्यास गरेको हो ।
विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो देखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको हो ।