सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मधेसी आयोगका अध्यक्ष डा.दत्तलाई ‘कर्ण श्री’ उपाधिबाट सम्मान

शनिबार, २४ मङ्सिर २०७९, १९ : ३५
शनिबार, २४ मङ्सिर २०७९

मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तलाई कर्ण कुम्भ सम्मेलनमा "कर्ण श्री" उपाधि सम्मान सम्मानित गरिएको छ । कायस्थ जातिको महाभेलाको रूपमा प्रख्यात कर्ण कुम्भ-२०७९ को अवसरमा काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजित २ दिवसीय विशेष कार्यक्रमबीच अध्यक्ष डा.दत्तको सुशासन तथा शिक्षाको क्षेत्रमा अमूल्य योगदान रहेकोले भन्दै सम्मान प्रदान गरिएको हो ।

अध्यक्ष डा.दत्त कायस्थ जातिमा संवैधानिक निकायको प्रमुख पदमा पुग्ने पहिलो व्यक्ति रहेको डा.दत्तको सचिवालयले जानकारी दिएको छ | सो कार्यक्रममा पूर्व प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिश चन्द्रलाल, लोकेन्द्र मल्लिक लगायत कायस्थ जातिका अगुवाहरुको उपस्थिति रहेको थियो |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप