सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुद्धिसागरको ‘एक्लो’ लोकार्पण

शनिबार, २४ मङ्सिर २०७९, १९ : ३९
शनिबार, २४ मङ्सिर २०७९

लेखक बुद्धिसागरद्वारा लिखित उपन्यास ‘एक्लो’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान, डबलीमा शनिबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । गोलाप्रथाद्वारा छानिएका १० जना पाठकले पुस्तक सार्वजनिक गरे । 

पुस्तक सार्वजनिक भएपछि लेखक बुद्धिसागरले आफू निकै भावुक भएको बताएका थिए । ‘बिहान उठ्दा एकदमै आत्मविश्वासी थिएँ । तर बाटोमा आउँदा आउँदै डर लाग्न थाल्यो । प्रज्ञा प्रतिष्ठानको गेटमा आइपुग्दासम्म खुट्टा नै काँपेको महसुस भयो ।’

‘एउटा लेखक २/४ वर्ष साथीहरूको सर्कलबाट काटिन्छ । ऊ भीड छाडेर एकान्तको खोजीमा भौँतारिन्छ । तर होहल्ला मच्चाइरहेको आफ्नो मस्तिष्कले आजित हुन्छ । एउटा लेखक वर्षौँसम्म पात्रहरू बोकेर किन हिँडिरहन्छ ?’ उनले थपे, ‘उत्तर धेरै भए पनि एउटा कुरा पक्का हो, ऊ उस्तै तर अरूभन्दा अलिकति फरक, अरूभन्दा अलिकति भिन्न कथा भन्न चाहन्छ । खोज्न चाहन्छ ती मानिस, जो उस्तै सोच र नजरिया राख्छन् । मैले पहिले कतै भनेको छु, संसारमा उस्तै अनुहार भएको अर्को मानिस खोज्ने एप आइसकेका छन् । तर पुस्तक मात्र एउटा यस्तो एप हो, जसले उस्तै भावना भएको अर्को मानिसलाई खोज्न सक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप