सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

आइतबार, २५ मङ्सिर २०७९, १२ : २४
आइतबार, २५ मङ्सिर २०७९

कैलालीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । 

कैलालीको गोदावरी नगरपालिका-७ हरैया चोकमा शनिबार राति भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका- ८ राजघाटका २३ वर्षीय छविलाल चौधरी रहेका प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप