मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बेस एडिटिङ : निको नहुने क्यान्सर निको पार्न सक्ने थेरापी

आइतबार, २५ मङ्सिर २०७९, २१ : १५
आइतबार, २५ मङ्सिर २०७९

नयाँ प्रकारको औषधिको प्रयोगले बालिकाको निको नहुने क्यान्सरको उपचार सम्भव भएको छ । यसअघि १३ वर्षीया एलिसाको ल्युकेमियाको हरेक उपचार असफल साबित भएको थियो । त्यसैले ग्रेट ओर्मन्ड स्ट्रीट अस्पतालका डाक्टरहरूले उनको लागि जीवित औषधि बनाउन जैविक इन्जिनियरिङ मार्फत ‘बेस एडिटिङ’ थेरापी प्रयोग गरे। अहिले ६ महिना बितिसक्दा पनि एलिसामा क्यान्सर भेटिएको छैन । तर क्यान्सर दोहोरिएमा समयमै पत्ता लगाउन सकोस् भनेर उनको निगरानी भइरहेको छ । 

लेस्टरकी १३ वर्षीया एलिसा गत वर्ष मे महिनादेखि टी-सेल एक्युटलिम्फोब्लास्टिक ल्युकेमियाबाट पीडित थिइन्। शरीरमा रहेका टी-सेलहरूले शरीरलाई बाह्य तत्त्वहरूबाट जोगाउँछन् र प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण भाग हुन्। तर एलिसाको लागि, रोग प्रतिरोधात्मक क्षमताको सट्टा, यी टी कोशिकाहरूले शरीरलाई नै हानि गर्न थाले र अनियन्त्रित रूपमा बढ्दै गए। एलिसाको क्यान्सर निकै आक्रामक थियो।

केमोथेरापी र बोन म्यारो ट्रान्सप्लान्ट दुवै गरे पनि उनी क्यान्सरबाट मुक्त हुन सकिनन् । यदि यो नयाँ थेरापी प्रयोग नगरेको भए डाक्टरहरूसँग एलिसाको लागि एउटै विकल्प बाँकी थियो, उनको दुखाइ विद्यमान उपचारले नै कम गर्ने । बीबीसीसँग कुरा गर्दै एलिसा भन्छिन्, ‘यदि यस्तो भएको भए म बिस्तारै मृत्युको मुखमा जान्थेँ ।’

एलिसाकी आमा किओना भन्छिन्, ‘पछिल्लो क्रिसमसमा उनी निकै डराएकी थिइन्। उनले सोचेकी थिइन् कि यो उनको अन्तिम क्रिसमस हुनेछ। जनवरीमा आफ्नो १३ औं जन्मदिन उनले रोएरै बिताइन्। तर अहिले जे भयो त्यो विश्वासभन्दा बाहिर छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप