सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लागू औषधसहित दुई भारतीय नागरिक पक्राउ

सोमबार, २६ मङ्सिर २०७९, ०७ : ३१
सोमबार, २६ मङ्सिर २०७९

कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समीर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो ।

लागू औषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप