लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक जलमग्न (तस्बिरहरु)
सोमबार, २६ मङ्सिर २०७९, १६ : २०
काठमाडौंको लैनचौरमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ ।
लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय बाहिर मूल सडकमुनि बिच्छ्याइएको मेलम्ची आयोजनाको पाइप फुटेको हो । सडक जलमग्न भएपछि सवारी चालक र सर्वसाधारण समस्यामा परेका छन् ।