सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : पहाडमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

मङ्गलबार, २७ मङ्सिर २०७९, ०६ : ०६
मङ्गलबार, २७ मङ्सिर २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ । 

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ।  राती प्रदेश १ र  गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। 

तराईका केही  भू-भागमा बिहानीपख हुस्सु लाग्ने  तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप