सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमालेका समानुपातिक सांसदप्रति अखिलको तीव्र आक्रोश

मङ्गलबार, २७ मङ्सिर २०७९, ०७ : ०१
मङ्गलबार, २७ मङ्सिर २०७९

‘एमाले गण्डकी प्रदेश सभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियाैं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनाइएका प्रकाश केसी को हुन ? जसको कारण एमालेले आफ्ना नेता साइड लागे ।  स्वार्थको भन्डाफोर भएको छ । चुप लागेर बसिँदैन ।’

सोमबार अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले सामाजिक सञ्जालमा पोखेको असन्तुष्टि हो । पौडेलले गण्डकीमा समानुपातिक सांसद चयन गर्दा शक्ति र पहुँचका आधारमा छनोट गरेको भन्दै विरोध गरेका हुन् ।  

पौडेलले मात्र हैन, एमाले कार्यकर्ताहरु पनि केसीको सिफारिसमा खुलेरै चर्को असन्तुष्टि पोखेका छन् । उनीहरुले नेतालाई भेटेर र सामाजिक सञ्जालमा चर्को विरोध गरेका हुन् ।  ‘सुखी नेपाली समृद्ध नेपाल, प्रदेशमा प्रकाश केसी संघमा एकनाथ ढकाल ! हामी कम्युनिस्ट !!’ भन्दै गण्डकी अखिल सचिव आर के पोखरेलले असन्तुष्टि पोखेका छन् ।  

पोखरेलले केसीमाथि मात्र हैन, गण्डकीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिकबाट सिफारिसमा भएका एकनाथ ढकाल विरुद्ध पनि असन्तुष्टि पोखेका छन् । उनीहरुलाई लिएर अहिले एमाले भित्र चर्का विरोध भइरहेको छ । उनलाई पैसाकै बल सांसद बनाइएको भन्दै विरोध भएको हो ।

केसीसहित एमालेका १२ जना सांसद खस आर्यबाट परेका छन् । केसी एमालेको खस आर्य तर्फको दोस्रा नम्बरमा थिए । प्रत्यक्षमै खस आर्यको बाहुल्यता हुँदा हुँदै दोस्रो नम्बरमा रहेका केसीलाई ल्याएपछि अझै विरोध छ । 

एमाले नेता कार्यकर्ताहरु खस आर्य छोडेर जनजाती कलष्टबाट ल्याउनुपर्ने कहाँबाट लाग्यो भन्दै प्रश्न गर्छन । ‘प्रदेशमा गोरखाबाट सुन्य उपस्थिति छ । गोरखामा हाम्रो संगठन कमजोर छ । यहाँबाट सांसद चयन हुनुपर्नेमा कास्कीको उपस्थित सांसदमा बलियो हुँदाहुँदै चयन गरियो । यसले हिजो लामो समय एमालेबाट राजनीति गर्नेदेखि बलियो संगठन नभएको गोरखालाई अन्याय भएको छ,’ एमाले एक नेताले भने । प्रतिनिधिसभामा निर्वाचित ढकाल गोरखाका हुन् । उनी नेपाल परिवार दल छाडेर एमाले प्रवेश गरेका थिए । चुनाव अघिमात्र उनी एमालेमा आएको चर्चा छ । पुराना नेतालाई अवसर दिनुपर्नेमा हिजो पार्टी छोड्ने कुनै योगदान नभएका मानिसलाई अवसर दिएको जिल्लाका नेताहरुले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटर असन्तुष्टि पोखे । 

उनीहरुले समानुपातिक सूची सच्याउन अनुरोध गरेपनि ओलीले आगामी दिनमा यसलाई सुधार गरेर जाने प्रतिवद्धता जनाएको बालकोट पुगेका एक जिल्ला अध्यक्षले सुनाए । 

सांसदमा सिफारिस भएका केसी ०७४ सालमा राप्रपाबाट एमाले प्रवेश गरेका थिए । उनलाई एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण केसी र प्रदेश सांसद खगराज अधिकारीले प्रवेश गराएका हुन् । केसीलाई अधिकारीकै जोड बलमा सांसद सिफारिस गरिएको एमाले नेताहरु दाबी छ । ‘हामीहरुले पार्टी अध्यक्षलाई यसबारे जानकारी गरायौं । अध्यक्ष ज्यूले यसलाई आगमी दिनमा सच्याएर जाने भनेपनि हामीहरु फर्किएउँ,’ ती जिल्ला अध्यक्षले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप