सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : १०
मङ्गलबार, २७ मङ्सिर २०७९

काठमाडौंको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय सुशील बम्जन घाइते छन् । घाइते बम्जनको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । हाइस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी वृत्त कालीमाटीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप