मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दमक अस्पतालको प्रयोगशाला अवरुद्ध

मङ्गलबार, २७ मङ्सिर २०७९, १६ : ४२
मङ्गलबार, २७ मङ्सिर २०७९

दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अवरुद्ध हुँदै आएको हो ।

नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिने आउने दैनिक तीन सयदेखि चार सय बिरामी मर्कामा परेका छन् ।अस्पतालका ल्याव टेक्निसियन निरीक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिए  पनि पूर्णरुपमा तयार नहुँदा समस्या देखिएको बताए । “मर्मतको काम भइरहेकाले अब एक–दुई दिनभित्रमै सेवा उपलब्ध हुनेछ”, उनले भने । 

पौडेलका अनुसार ल्यावमा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्याबमा एक पटकमा ४०  नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ । उनले नमुना परीक्षण गर्नेको सङ्ख्या बढेकाले उपकरणको सङ्ख्या बढाएर तीनवटासम्म पुर्‍याउन सके मात्रै चाप व्यवस्थापन गर्न सकिने बताए । 

अस्पताल रेखदेख तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति नबन्दा काम गर्न समस्या भएको कार्यपालिकाका एक सदस्यले बताउनुभयो । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना बित्नै लाग्दासमेत समिति गठन हुन नसकेको हो । कार्यपालिका बैठकमा नगरप्रमुखले प्रस्ताव ल्याउने अभ्यास रहे पनि नगरप्रमुखले हालसम्म अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव नल्याएको ती सदस्यको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप