सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुमा ९० वर्षीया वृद्धाको हत्या

मङ्गलबार, २७ मङ्सिर २०७९, २१ : ५५
मङ्गलबार, २७ मङ्सिर २०७९

काठमाडौँको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो ।

प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ । पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको  प्रहरीको भनाइ छ । उनका श्रीमान‍्को मृत्यु भइसकेको छ । मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन् । 

सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला गरेकी छन् ।
उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । – न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप