सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष पेस अध्यादेश तत्काल फिर्ता गर्न सर्वोच्च बारको आग्रह

मङ्गलबार, २७ मङ्सिर २०७९, २२ : ०८
मङ्गलबार, २७ मङ्सिर २०७९

सर्वोच्च अदालत बार एसोसिएसनले काम चलाउ सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विरोध गरेको छ । बारले गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिन अध्यादेश ल्याएको भन्दै त्यसलाई तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गरेको छ ।

एसोसिएसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यादेशले ‘संवैधानिक सर्वोच्चता, विधिको शासन, कानूनी मूल्य र मान्यता, फौजदारी कानूनका स्थापित मान्यता तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको उपहास गरेको’ दाबी गरेको हो ।  २५ मंसिरको मन्त्रिपरिषद बैठकले मुलुकी फौजादरी कार्यविधि संहिता २०७४ को दफा ११६ मा व्यवस्था भएको मुद्दा फिर्ता लिने व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप