सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दमकमा शङ्कास्पद सामानसहित एक महिला पक्राउ

बुधबार, २८ मङ्सिर २०७९, ०९ : ४३
बुधबार, २८ मङ्सिर २०७९

झापाको दमक नगरपालिका ९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको  प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित हिजो साँझ नियन्त्रणमा लिएको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप