मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा पुड्कोपना बढी

बुधबार, २८ मङ्सिर २०७९, १४ : ५५
बुधबार, २८ मङ्सिर २०७९

पछिल्लो समय नेपालमा पुड्कोपनामा सुधार आएको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालीको औसत उचाइ वृद्धि भएको पाइएको छ । सन् २०२२ सर्वेक्षणअनुसार ५ वर्षमुनिका ४ जना बालबालिकामध्ये १ जना मात्रै पुड्कोपना देखिएको पाइएको छ । अर्थात् २५ प्रतिशतमा पुड्कोपना छ ।

जसमध्ये सबैभन्दा बढि पुड्कोपन कर्णाली प्रदेशमा ३६ प्रतिशत रहेको पाइएको छ । यस्तै, २०१६ गरिएको सर्वेक्षणमा पुड्कोपना ३६ प्रतिशत थियो । यस्तै मधेसमा २९ प्रतिशत, सुदूरपश्चिमम २८, लुम्बिनीमा २५, प्रदेश १ र गण्डकीमा २०÷२० प्रतिशत पुड्कोपना देखिएको छ । सात प्रदेशमध्ये सबैभन्दा कम बाग्मती प्रदेशमा १८ प्रतिशत पुड्कोपना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप