सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुसमा किन्डर ओलम्पिक हुने

बुधबार, २८ मङ्सिर २०७९, २० : ३२
बुधबार, २८ मङ्सिर २०७९

आगामी पुस महिनामा काठमाडौँको दशरथ रंगशालामा ’१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमित रूपमा सञ्चालन हुँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुँदैछ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता छ । प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । त्यसमा नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडीहरूले भाग लिने  आयोजक एकताका सदस्य विद्या श्रेष्ठले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रतियोगितामा झन्डै १४ सय साना खेलाडीहरू समावेश हुने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिकको आयोजना गरेको बताइन् । उनले भनिन् – ‘खेलकुद प्रतिको रुचि सानै देखि बढाउने, बच्चाहरूको शारीरिक विकास र सहभागिता नै ठुलो हो भन्ने सन्देश यो १० वर्षको आयोजनामा हामीले दिन सफल भएका छौँ ।’

हजार बढी विद्यार्थीहरु एउटै खेल थलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजक सदस्यहरू बताउँछन् । प्रतियोगिता सन् २०१२ देखि निरन्तर रूपमा आयोजना हुँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप