सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

बिहीबार, २९ मङ्सिर २०७९, ०६ : १२
बिहीबार, २९ मङ्सिर २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीकाे भइरहेकाे छ।

आज दिउँसो  गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।  
 
तराईका केही  भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भू(भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप