मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनमा एकैदिन १४ लाखलाई कोभिड खोप

बिहीबार, २९ मङ्सिर २०७९, १६ : ४०
बिहीबार, २९ मङ्सिर २०७९

कोभिड १९ समक्रमणको छालबीच चीनले सबैभन्दा बढी जोखिममा परेका मानिसहरूलाई फेरि खोप लगाउन सुरु गरेको छ । सरकारले कठोर कोभिड नीतिलाई केही खुकुलो बनाउने निर्णयसँगै संक्रमितको संख्या बढेकाले थप खोप लगाउने भएको हो । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको १ अर्ब ४० करोड जनसंख्यालाई पर्याप्त रूपमा खोप नदिइएको र अमेरिकाले चीनलाई संक्रमणको वृद्धिसँगै रोगविरुद्ध लड्न मद्दत गर्ने प्रस्ताव गरिरहेका बेला बेइजिङले खोप अभियान तीब्र पारेको हो ।

अनिवार्य परीक्षण तोड्दै र क्वारेन्टाइन नियमहरू सहज बनाउँदै गत बुधबार चीनले शून्य कोभिड नीति अन्त्य गरेको थियो । कठोर कोभिड नीतिले लाखौँलाई मानसिक रूपमा चिन्तित बनाउनुका साथै अर्थव्यवस्थालाई क्षति पुर्याएको थियो । 

सरकारले ९० प्रतिशत जनसंख्याले खोप लगाएको जनाएको छ । उसले बुधबार ६० वर्ष माथिका र जोखिममा रहेका व्यक्तिलाई कोभिड १९ को दोस्रो बुस्टर डोज दिने घोषणा गरेको छ ।  पछिल्ला दिनमा चीनमा खोप अभियान तीब्र पारिएको छ । सरकारले मंगलबार एकैदिन १४ लाख ३० हजार जनलाई खोप लगाइएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप