आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्पेनको क्लबसँग गण्डकीले मैत्रीपूर्ण फुटबल खेल्ने

शुक्रबार, ०१ पुस २०७९, ०८ : २६
शुक्रबार, ०१ पुस २०७९

पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लबबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए । 

उक्त टीममा विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेलसहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ । 

केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तीमा एक हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिए । सोही टोलीले पुस १४ गते काठमाडौंमा पनि मैत्रीपूर्ण खेल खेल्ने छ । 

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप