सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विवाह गर्छु भनेर पछि लाग्ने धेरै थिए : रवि डंगोल ‘का बेइमान’

मङ्गलबार, १८ पुस २०७४, १४ : ०२
मङ्गलबार, १८ पुस २०७४

काठमाडौं – हाँस्यकलाकार रवि डंगोल नामले भन्दा पनि थेगोले चिनिन्छन् । उनले सानो पर्दाको हाँस्य श्रृंखला ‘तितो सत्यमा’ अभिनयमा बोलेको थेगो ‘का बेइमान’ अहिले पनि दर्शकले भुल्न सकेका छैनन् । उनलाई कति साथी भाइले त बेइमान रवि समेत भनेर सम्बोधन गर्ने गरेका छन् ।

अभिनयमा हिट भईरहदा सानोपर्दाबाट एकाएक हराएका रवि अहिले निर्देशकको रुपमा देखिएका छन् । उनको डेब्यु निर्देशन रहेको चलचित्र ‘फिर्के’ यहि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । ‘फिर्के’ मा ऋचा शर्मा, अर्पण थापा, सृष्टि पौडेल, सुलेमान शंकर लगायत करिब दर्जन बढी चिनिएका अनुहार छन् । कमेडी जनरामा बनेको यो चलचित्रले व्यवसाय राम्रो गर्ने उनको दाबी छ । 

‘फिर्के’ कलाकार सुलेमान शंकर ‘इकु’ले निर्माण गरेका हुन् । चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको गीत तथा प्रोमोले पनि अहिले दर्शक तताई रहेका छन् । थुपै नेवारी र छोटा चलचित्र निर्देशन अनुभव ‘फिर्के’मा आफुले खन्याएको रविले बताए । 

पछिल्लो समय निर्माण भएका चलचित्रबाट दर्शक निरास भएका छन् । केही चलचित्र हेर्ने दर्शकले निर्माण युनिलाई समेत गाली गरेको यर्थात कसैसँग लुकेको छैन । रवि आफ्नो चलचित्र ‘फिर्के’ दर्शक मज्जाले हसाउँने बताउँछन् । 

कलाकारितामा स्पष्टवक्ताको रुपमा चिनिएका रविको थुप्रै युवायुवती समेत फ्यान रहेका छन् ।

ती फ्यानमा पनि विवाह गर्छु भन्दै पछि लाग्ने पनि त होलान् नि ? प्रश्न नसकिदै उनले उतर फर्काए, ‘अहिले तर त्यस्ता केही छैनन् । ‘तितो सत्य’ अभिनय गर्दा विवाह गर्नु भन्दै पछि लाग्ने धेरै थिए ।’

हेर्नुहोस् रविसँगको कुराकानी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप