आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोदी र पुटिनबीच टेलिफोन वार्ता, के विषयमा भयो छलफल ?

शनिबार, ०२ पुस २०७९, १२ : ३४
शनिबार, ०२ पुस २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पारस्परिक र विश्वव्यापी हितका विविध विषयमा छलफल भएको थियो ।

टेलिफोन वार्तामा युक्रेन युद्धबारे छलफल भएको थियो । युद्ध अन्त्य गर्न प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिलाई जोड दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

फेब्रुवरी २४देखि सुरु भएको रुस–युक्रेन युद्धले खाद्यान्न र इन्धन संकट निम्त्याएको छ । वार्तामा मोदी र पुटिनले ऊर्जा, व्यापार र लगानी, रक्षा सहयोगका क्षेत्रमा द्विपक्षीय सम्बन्धको समीक्षा गरेका थिए ।  

प्रधानमन्त्री मोदीले पुटिनलाई भारतको प्रमुख प्राथमिकताहरू प्रकाश पार्न जारी जी २० को भारतको चलिरहेको अध्यक्षताको बारेमा जानकारी गराएका थिए ।  हालै वार्षिक भारत–रुस शिखर सम्मेलन रद्द गरिएको थियो । गत वर्ष डिसेम्बरमा पुटिनले आफ्नो छिमेकी राष्ट्र, युक्रेनमा युद्ध छेड्नु केही हप्ता अघि भारतको भ्रमण गरेका थिए ।

सेप्टेम्बरमा उज्बेकिस्तानमा आयोजित क्षेत्रीय सुरक्षा शिखर सम्मेलनको साइडलाइनमा दुई नेताबीच भेट भएको थियो । यस वर्ष युक्रेनमा रुसी  आक्रमणको विषयसहित धेरै पटक  दुई नेताबीच छलफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप