सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल लिटरेचर फेस्टिभल पुस ६ गतेदेखि पोखरामा, केपी ओलीदेखि गगन थापा आउने

शनिबार, ०२ पुस २०७९, १९ : ४०
शनिबार, ०२ पुस २०७९

नेपाल लिटरचेर फेस्टिभल दसौँ संस्करण पुस ६ देखि ११ गतेसम्म पोखराको बाराहीघाट लेसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो संस्करण झैँ यस वर्ष पनि देश विदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ लेखक पत्रकार कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाएको छ । फेस्टिभलमा ५० भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामाग्री समावेश गरिनेछ । गण्डकी प्रज्ञाप्रतिष्ठान सहआयोजक रहेको यो फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको आयोजकले जनाएको हो । 

यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलक, लेखक एवं पत्रकार अक्षय मुकुल, सह प्राध्यापक  एवं लेक कुकेतु मेहता लगायतको उपस्थिति रहने जनाएको छ । फेस्टिभलले दक्षिण एसियाकै एउटा समावेशी मञ्च बनाउने उद्देश्यका आयोजकले लिएको छ  ।  २०११ बाट सुरु भएको यो फेस्टिभल कोभिडका कारण अघिल्लो संस्करण भएन । 

फेस्टिभलको अर्को महत्त्वपूर्ण भनेको हरेक दिन साङ्गीतिक प्रस्तुति रहेन छन् । फेस्टिभल अवधिमा राजनीति तर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश लामिछाने र गगन थापा लगायतको उपस्थिति उल्लेख छ । साथै यस वर्ष फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरू दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ । कला, साहित्यको मात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै यो फेस्टिभलमा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहने उल्लेख छ । 

फेस्टिभलको पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपाल साङ्गीतिक प्रस्तुति हुनेछ ।  कार्यक्रममा फेस्टिभलका निर्देशक नीरज भारीले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच फेस्टिभललाई एक तटस्थ उभ्याउन मद्दत पुर्‍याउने बताए ।

‘कोरोना भाइरस महामारीको प्रतिकुल अवस्थापछि फेस्टिभल पुन सुरु भएको छ । यो पल्ट फेस्टिभललाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक गर्नुहुन्छ भन्नेमा विश्वास छ,’ भारीले भने, ‘यो विमर्शले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफ देही बनाउन सघाउँछ र सचेत समाज निर्माण पनि भूमिका निर्वाह गर्नेछ ।’  

६ दिनसम्म चल्ने फेस्टिभलमा ‘शब्द शक्ति उत्सवको एक दशक’ नारा सहित यो फेस्टिभलमा अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको प्रवचन दिनेछन् । 

पत्रकार सम्मेलनमा संस्थाका भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल  पर्याय बनिसकेको बताए । ‘यो फेस्टिभललाई पोखरावासीहरूले उत्सवपूर्वक प्रतीक्षा गरिरहेको छन् । यसले हामीहरूलाई उत्साहित बनाएको छ,’ कोइरालाले भने ।  

फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृत सहर बनाउन मद्दत गर्ने संस्थाका केशवशरण लामिछानेले बताए । ‘तालको सहर, हिमालमुनिको सहरका रुपमा चिनिएको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभल गरिएको हो । यसले पोखरालाई फरक पहिचान दिन्छ,’ लामिछानेले भने ।  

फेस्टिभलकी सह निर्देशक सुजाता खत्रीले देश विदेशबाट पाल्नुहुने पाहुनालाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको सुनाइन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले फेस्टिभलले कला साहित्यलाई प्रवर्द्धन गर्दै पोखराको अपनत्व लिँदै गएको बताइन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप