सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रमेश विकल वाङ्मय पुरस्कार तेजेश्वर बाबुलाई

शनिबार, ०२ पुस २०७९, २० : २३
शनिबार, ०२ पुस २०७९

 रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रदान गरेको छ । पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ । 

त्यस्तै २० हजार रुपैयाँ राशिको रमेश विकल सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस शवहरूको निःशुल्क सद्गति  गरी समाजसेवा गर्दै आएकी सपना रोका मगरलाई प्रदान गरिएको छ । रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खाली, रमेश विकल बाल साहित्य पुरस्कार बाल साहित्कार लक्ष्मी उप्रेति तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गरिएको छ । 

यता रमेश विकल कला—संगीत पुरस्कार वरिष्ठ कलाकार तथा निर्देशक बद्री अधिकारीलाई प्रदान गरियो । यी सबै पुरस्कारको राशी नगद १० हजार रुपैयाँ रहेको छ ।  १४ औँ विकल स्मृति दिवसको अवसरमा शनिबार राजधानीमा गरिएको कार्यक्रममा यी पुरस्कारहरू अर्पण गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप