सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एक करोड रकमसहित कान्तिपुर सहकारीका अध्यक्ष फरार

शनिबार, ०२ पुस २०७९, २२ : २६
शनिबार, ०२ पुस २०७९

सप्तरीको राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष करोडौं रुपैयाँ लिएर फरार भएका छन् ।

राजविराज नगरपालिका–७ मा रहेको सहकारीका अध्यक्ष बेचन यादवसहित पदाधिकारी एक करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार भएका हुन् । अध्यक्ष बेचन सप्तरीकै विष्णुपुर गाउँपालिका–१, जमुनीका बासिन्दा हुन् ।

बचतकर्ताका अनुसार संस्था सञ्चालक समितिका पदाधिकारी एक वर्षदेखि सम्पर्कमा आएका छैनन् । गएको मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराए पनि प्रहरीले पक्राउ नगरेको बचतकर्ताको गुनासो छ ।

शनिबार बचतकर्ताले सहकारीका सचिव सिद्धार्थ तातेडलाई उनको घरबाट ल्याएर जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाएका थिए । आक्रोशित बचतकर्ता शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीको मूलगेटमा केही बेर धर्नामा समेत बसेका थिए ।–न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप