मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जाडोमा कसरी सावधानी अपनाउने ? यस्ता छन् डा. ओम मूर्ति अनिलको टिप्स

सोमबार, ०४ पुस २०७९, १४ : ३८
सोमबार, ०४ पुस २०७९

जाडोको समयमा स्वास्थ्यमा विभिन्न खाले समस्या देखिने गर्छन् । यो समयमा दैनिक क्रियाकलाप र खानपानमा विशेष सावधानी अपनाउनुपर्ने मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको सुझाव छ । जाडो मौसममा स्वास्थ्यमा जोखिम आउन नदिनका लागि प्रशस्त पानी  पिउनुपर्ने उनले बताए । शरीरमा पानीको मात्रा प्रशस्त भएमा रगतको अवस्था सही हुने उनको भनाइ छ । यस्तै चिसोमा हिँडाइको गति कम गर्नुपर्ने उनको सुझाव छ । 

यद्यपि हिँडाइको गति कम गरेपनि अवधि भने बढाउनुपर्ने अनिलको भनाइ छ ।  यसैगरी शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि शरीरलाई सक्रिय  अर्थात् वाम अप गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै मदिरा र चुरोट सेवन गर्दा जाडो महिनामा मुटुमा हुने असरलाई  झन् बढाउने भएकाले त्यसतर्फ पनि उनले सचेत गराएका छन् । 

यसैगरी धेरै चिल्लो खानेकुरा नखान पनि उनको सुझाव छ । जोडोमा कोलेस्टेरोल बढ्ने भएकाले धेरै चिल्लो खान नहुने उनको भनाइ छ ।  यस्तै, मुटुरोग, प्रेसर सुगर, कोलेस्टेरोल आदिको औषधि प्रयोगकर्तालाई आफ्नो मात्रा नछुटाउन उनले आग्रह गरेका छन् । 

मुटु रोगको प्रमुख लक्षण ‘एन्जिना’ चिसोमा बढी देखिन्छ भन्दै उनले यस्तो  अवस्थामा डाक्टरलाई देखाउन जरुरी हुने बताएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप