मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सक संघको अध्यक्षमा पौडेल र कार्कीबीच प्रतिस्पर्धा हुने

सोमबार, ०४ पुस २०७९, १८ : ०६
सोमबार, ०४ पुस २०७९

नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डाक्टर सन्तोष पौडेल र डाक्टर अनिल विक्रम कार्कीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । एमाले समर्थित डा पौडेल र नेपाली कांंग्रेस निकट कार्कीबीच प्रतिस्पर्धा हुने भएको हो । 

कांंग्रेस समर्थित चिकित्सकहरूले डा कार्कीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेसँगै डा. पौडेल र डा. कार्कीको प्रतिस्पर्धा हुने भएको छ । एमाले निकट चिकित्सकहरूको संगठनबाट महासचिवमा डा. रक्षा श्रेष्ठलाई उठाउने निर्णय गरिएको छ भने बाँकी पदका लागि भने टुंगो लागेको छैन । 

यस्तै, कांंग्रेस निकट समूहमा महासचिवमा डा. सञ्जीव तिवारी र कोषाध्यक्षमा डा. प्रमोद जोशीलाई उठाउने भएको छ । अन्य पदमा भने निर्णय भएको छैन । आगामी माघको दोस्रो साता सुरु हुने निर्वाचनका लागि उम्मेदवार दिने अन्तिम दिन ४ पुस सम्म तोकिएको नेपाल चिकित्सक संघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप