सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेस संसदीय दलको नेतामा मनोनयन दर्ता गराउँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०५ पुस २०७९, १५ : ०२
मङ्गलबार, ०५ पुस २०७९

नेपाली कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन् ।  । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।  यसैगरी थापाको प्रस्तावकमा नेता शेखर कोइराला रहेका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् । संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप