आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएका पोस्ट

बुधबार, ०६ पुस २०७९, ०९ : २८
बुधबार, ०६ पुस २०७९

अर्जेन्टिनाले विश्वकप जितेको खुसियाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ ।

यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।

कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । मेस्सीको इन्स्टाग्राम पोस्टले अघिल्लो रेकर्ड–ब्रेकिंग पोस्टको तुलनामा लाखौं बढी लाइक प्राप्त गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप