सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक महिलाको मृत्यु

बुधबार, ०६ पुस २०७९, ०९ : ४९
बुधबार, ०६ पुस २०७९

मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ । हेटौंडा–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका-९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । 

उनका अनुसार, बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्‍कर दिएको थियो । 

बसको ठक्‍करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७:२० बजेको समयमा  हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक मिजारको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । 

प्रहरीले ठक्‍कर दिने बस र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप