सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा टिप्परले किच्दा बच्चाको मृत्यु, आमा घाइते

बुधबार, ०६ पुस २०७९, १० : ४४
बुधबार, ०६ पुस २०७९

कैलालीको पूर्व पश्चिम राजमार्गमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा एक बच्चाको मृत्यु भएको छ । भने आमा घाइते भएका छिन् ।

जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जना बच्चाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेका छन् । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनकी २९ वर्षीय आमा पेन्टि ठकुल्ला घाइते छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन् । टिप्पर र चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप