सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’

बुधबार, ०६ पुस २०७९, ११ : ३१
बुधबार, ०६ पुस २०७९

लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ । माया प्रेमका प्रसंग समेटिएको गीतमा गायिका पन्तलाई स्वरमा गायक अभिनय यादवले साथ दिएका छन् । गीतमा रविमानसिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत छ । गीतको संगीत संयोजन साहष  शाक्यले गरेका हुन् । 

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय छ । प्रेमकथा देखाउने खोजिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप